Thursday, March 21, 2013
स्वाधीनताको लागि लडौं
![]() |
| किम इल सङ |
मैले क्रान्तिको बाटो लिएदेखि नै मैले मेरा कामरेडहरु र मेरा सहदेशवासी जनताहरुबाट माया र हेरचाह पाएर बाँचेको छु । कष्टपूर्ण क्रान्तिकारी सङ्घर्षको सम्पूर्ण अवधिभरि नै क्रान्तिका मेरा कामरेडहरु र मेरा जनताहरुले मलाई हृदयदेखि माया गरेका छन् ।
त्रिशुली–३–बीमा स्थानीय सरोकार
अनिल विरही
काठमाडौं ९ चैत्र
गर्ने भनिएको त्रिशुली जलविद्युत आयोजना–३–बी को सार्वजनिक सुनुवाई अनिश्चित कालका लागि स्थगित भएको खबरले यस क्षेत्रमा सर्बत्र जिज्ञासा पैदा भएको छ । सार्वजनिक सुनुवाई प्रभावित हुँदा आयोजनाले पुँजी जम्मा गर्ने अन्तिम र काम अगाडि बढाउने प्रक्रियाको सुरुमै अवरुद्ध भएको छ र आयोजनाको निर्माण कार्य नै अनिश्चित बन्न गएको छ ।
एमाओवादीमा भारतीय नागरिक
काठमाडौ, ८ चैत
धनुषा जिल्ला माचिझिटकैया–७ बाट नेपाली नागरिकता लिएका रामचन्द्र झा भारतको मधुवनी जिल्ला हरलाखी निवासी हुन् । सो ठाउँमा उनीहरु सन् १८८५ देखि नै वसोवास गर्दै आएका हुन् । नेपालमा सभासद् र मन्त्री बनिसक्दा पनि झाले भारतको नागरिकता अझैसम्म नत्यागेको सन् २००८ मा जारी आवासीय प्रमाण पत्रले समेत प्रमाणित गर्छ । उनको घरजग्गासमेत अझै भारतमा छ ।
यथास्थितिमा निर्वाचन सोच्न पनि सकिदैनः किरण
| पत्रकार सम्मेलनमा बौल्दै नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य |
काठमाडौ, ९ चैत
नेकपा–माओवादीले यथास्थितिमा हुने निर्वाचनको औचित्यता नभएको निष्कर्ष निकालेको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी अन्तरिम मन्त्रिपरिषद र तीन राजनीतिक दल तथा मधेसी मोर्चाका वीचमा भएको सहमति खारेज नभएसम्म कथित चुनावको औचित्य नभएको ठहर गरिएको हो ।
पहिलो दैनिकको सम्पादक
गोविन्द गोठाले
- नरेन्द्रराज प्रसाई
ऋद्धिबहादुर मल्लले कुनैबेला नेपाली भाषासाहित्यमा एकछत्रले आफ्नो हैसियत देखाएका थिए । तिनै मल्लका सन्तानहरु पनि नेपाली साहित्यका महारथीमा स्थापित भए । गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लले हातमालो गरेर नै नेपाली भाषासाहित्यका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए ।
नेकपा–माओवादी अछाम इन्चार्जलाई कारवाही
मगंगंलसैन, ९ चैत्र
नेकपा–माओवादीको अछाम जिल्ला इन्चार्ज झंकर साउँद सहितका केहि नेताहरुलाई सो पार्टीले निष्कासन गरेको जनाएको छ ।
भारी असिनाको बर्षा
अछाम
मंगलसैन ९ चैत्र
अछामको केहि क्षेत्रमा बिहीबार दिउसो भारी
असिना परेको छ । असिनाले तरकारी बाली,
फलफूल, पाक्न थालेको तोरी, गहुँ लगायतका
अन्नबालीमा क्षति पुगेको छ ।
दिउसो ४ बजे तिर जिल्लाको जनालीवण्डाली,
कुन्तिवण्डाली, बिरपथ, मंगलसैन, बाटुलासैन,
भटाकाटिया, रामारोशन लगायतका गाविसमा बाक्लो
असिना परेको छ ।
यस अघि फागुन २८ गते पनि असिना
पर्दा बालीमा क्षति पुगेको थियो । एक त यो बर्ष
गहुँ छर्ने समयमा पानी नपरेका कारणले अधिकांश
जमिन बाँझै रहेको अवस्थामा भएको गहुँबाली
पनि असिनाले नष्ट गरेपछि किसानहरु मसस्यामा
परेका छन् ।
चट्याङ लागेर कास्कीमा एक जनाको मृत्यु, ८ जना घाइते
पोखरा, ८ चैत्र/
आज विहान असिना पानींसंगै चट्याङ पर्दा कास्कीमा एक जनाको ज्यान गएको छ
भने ८ जना वेहोस भएका छन् । कास्कीको लाहाचोक गाविस ९ अर्मलामा परेको
चट्याङले ५९ बर्षीय धनलाल तामाङको ज्यान गएको छ । तामाङका अन्य दुई जना
परिवारका सदस्य समेत वेहोस भएको स्थानीय बासीले बताएका छन ।
पोखरा, ८ चैत्र/
आज विहान असिना पानींसंगै चट्याङ पर्दा कास्कीमा एक जनाको ज्यान गएको छ भने ८ जना वेहोस भएका छन् । कास्कीको लाहाचोक गाविस ९ अर्मलामा परेको चट्याङले ५९ बर्षीय धनलाल तामाङको ज्यान गएको छ । तामाङका अन्य दुई जना परिवारका सदस्य समेत वेहोस भएको स्थानीय बासीले बताएका छन ।
अन्तरजातीय जोडीलाई ५ दिन भित्र ज्यान मार्ने धम्की
बीरेन्द्रनगर, चैत ८ -
तीन महिनाअघि अन्तरजातीय विवाह गरेका दैलेख चामुन्डा–५ का तिलकबहादुर विक र मीना शाहीले आफूहरुलाई पाँच दिन भित्र ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।
अन्तरजातीय विवाह गरेपछि तीन महिनादेखि विस्तापित भएर सुर्खेतमा बस्दै आएको यो जोडीलाई शाहीका परिवारले जहाँ भेटाए पनि मारिदिने धम्की दिएपछि उहाँहरु तीन महिनादेखि गाउँबाट विस्थापित भएर सुर्खेतमा बस्दै आउनु भएको थियो ।
तीन महिनाअघि अन्तरजातीय विवाह गरेका दैलेख चामुन्डा–५ का तिलकबहादुर विक र मीना शाहीले आफूहरुलाई पाँच दिन भित्र ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।
अन्तरजातीय विवाह गरेपछि तीन महिनादेखि विस्तापित भएर सुर्खेतमा बस्दै आएको यो जोडीलाई शाहीका परिवारले जहाँ भेटाए पनि मारिदिने धम्की दिएपछि उहाँहरु तीन महिनादेखि गाउँबाट विस्थापित भएर सुर्खेतमा बस्दै आउनु भएको थियो ।
राष्ट्रपतिलाई संघीय समाजवादीको ज्ञापनपत्र, असंवैधानिक कदम विरुद्ध चैत १८ गतेसम्म पहिलो चरणको आन्दोलन
पोखरा, ८ चैत ।
चार राजनीतिक दलले असंवैधानिक तवरले संविधान संशोधन गरी प्रधानन्यायधीशलाई
अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउदै संघीय
समाजवादी पार्टी विहिवार देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत
राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
पोखरा, ८ चैत ।
चार राजनीतिक दलले असंवैधानिक तवरले संविधान संशोधन गरी प्रधानन्यायधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउदै संघीय समाजवादी पार्टी विहिवार देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
Subscribe to:
Comments (Atom)

