Thursday, March 21, 2013

भारी असिनाको बर्षा



अछाम
मंगलसैन ९ चैत्र
अछामको केहि क्षेत्रमा बिहीबार दिउसो भारी
असिना परेको छ । असिनाले तरकारी बाली,
फलफूल, पाक्न थालेको तोरी, गहुँ लगायतका
अन्नबालीमा क्षति पुगेको छ ।
दिउसो ४ बजे तिर जिल्लाको जनालीवण्डाली,
कुन्तिवण्डाली, बिरपथ, मंगलसैन, बाटुलासैन,
भटाकाटिया, रामारोशन लगायतका गाविसमा बाक्लो
असिना परेको छ ।
यस अघि फागुन २८ गते पनि असिना
पर्दा बालीमा क्षति पुगेको थियो । एक त यो बर्ष
गहुँ छर्ने समयमा पानी नपरेका कारणले अधिकांश
जमिन बाँझै रहेको अवस्थामा भएको गहुँबाली
पनि असिनाले नष्ट गरेपछि किसानहरु मसस्यामा
परेका छन् ।

No comments:

Post a Comment