Thursday, March 21, 2013

यथास्थितिमा निर्वाचन सोच्न पनि सकिदैनः किरण

पत्रकार सम्मेलनमा बौल्दै नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य



काठमाडौ, ९ चैत
नेकपा–माओवादीले यथास्थितिमा हुने निर्वाचनको औचित्यता नभएको निष्कर्ष  निकालेको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी अन्तरिम मन्त्रिपरिषद र तीन राजनीतिक दल तथा मधेसी मोर्चाका वीचमा भएको सहमति खारेज नभएसम्म कथित चुनावको औचित्य नभएको ठहर गरिएको हो ।

एक साता लामो पोलिटब्यूरो वैठकले गरेको निर्णय सार्वजनिक गर्दै माओबादीले तीन दल र मेधसी मोर्चा वीचको सहमति, चैत १ गतेको कदमको खारेजी, खिलराज रेगमी नेतृत्वको सरकारको वर्खास्तगी, सर्वपक्षीय गोलमेच सभाको आयोजना र राजनीतिक दलभित्रैवाट राष्ट्रिय संयुक्त सरकार गठन नभएसम्म निर्वाचनका विषयमा सोच्न पनि नसकिने प्रष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा माओबादी अध्यक्ष मोहन वैध ‘किरण’ले आप्mनो पार्टीले चार राजनीतिक दलहरुले अहिले चलाईरहेको निर्वाचनको नौटङकीको निरपेक्ष रुपमा वहिस्कार गर्ने कुरा नगरेको भन्दै दलहरुले गर।ेको पैतिगमनकारी, असंवैधानिक र चार पार्टीको अधिनायकवादको विरोध गरेको वताए । पञ्चायतकालमा पनि निर्वाचन भएको स्मरण गराउदै उनले त्यस्तो निर्वाचनले जनताको संविधान निर्माण गर्न नसक्ने ठोकुवा गरे ।
‘चुनाव मात्र भनेर हुदैन, यही स्थितीमा जनताले चाहेको संविधान निमर्माण नहुने भएकोले यो प्रक्रियालाई खारेज गर्न वहिस्कारको विकल्प पार्टीले राजनीतिक परिघटनालाई हेर्ने सवालमा पोलिटब्यूरोमा कुनै विवाद नरहेको र एकमतका साथ पार्टीले यस्तो निर्णय लिएको हो’ अध्यक्ष किरणले भने ।
अध्यक्ष किरणले पञ्चायत कालमा पनि आप्mनो पार्टीले निर्वाचनमा भाग लिएको र वहिस्कार समेत गरेको अनुभव आफुहरुसँग भएकाले आउने दिनमा आईपर्न सक्ने जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार रहेको वताए । उनले भने, ‘वर्तमान राजनीतिक सन्र्दभलाई हेर्ने सवालमा नीतिगत ब्बक्तब्य मात्रै ल्याएकाले अवका दिनमा भने संर्घषका कार्यक्रम दिनेछौ ।’
‘यो नीतिगत बक्तब्य मात्रै हो, अव हामी संर्घषका कार्याक्रम दिन्छौं, अव ठोस रुपमा संर्घषका कार्यक्रम घोषणा गरेर अगाडि जान्छौं’ अध्यक्ष किरणले भने । उनले अहिले विदेशी शक्तिकेन्द्रहरुको दवाव असाध्यै वढेको भन्दै आप्mनो पार्टीले त्यस्तो दवावलाई स्वीकार नगर्ने प्रष्ट पारे । उनको विचारमा भारत लगायत अन्य केही देशहरुवाट यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्ने शैलीमा दवाव आईरहेको छ । उनको तर्क छ, ‘त्यसलाई हामी अस्वीकार गर्छाैं तर सकारातमक रुपमा आउने सुझावलाई भने मान्न सकिन्छ ।’
तीन दल र मेधसी मोर्चाका वीचमा सहमति गर्ने क्रममा भारतले सिधा हस्तक्षेपको रणनीति अपनाएको दावी गर्दै अध्यक्ष किरणले शितल निवासमा नै गएर भारतयि राजदुतले राष्ट्रपतिदेखि राजनतिकि दलका नेताहरुलाई दवाव दिएको प्रष्टै देखिएको र त्यस्तो दवावलाई आप्mनो पार्टीले भने स्वीकार नगर्ने बताए ।
चैत २४ मा पार्टीले केन्द्रविन्दुमा राखेर आन्दोलनलाई शसक्त वनाउने भन्दै अध्यक्ष  किरणले भने, ‘त्यसपछि भने अन्य कार्यक्रम पनि लिएर आउने छौ ।’
‘जिल्ला, राज्य र अन्य सवै पक्षसँगको सल्लाहमा संर्घषका शसक्त प्रकारका कार्यक्रम तय गरेर हामी आउनेछौं ।’ उनको दावी अनुसार विरोधका कार्यक्रम निरन्तर रुपमा चल्ने छन् र विरोधका कार्यक्रमलाई कसैले पनि रोक्न र छेक्न सक्ने छैनन् ।

No comments:

Post a Comment