Sunday, May 18, 2014

केजरीवाल र नेपालको ‘नयाँ शक्ति’

  • कुसुम भट्टराई 
दिल्लीमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको उदय भएपछि केही नेपाली पत्रकार, नेता र विश्लेषकले लेखे, ‘अब नेपालमा पनि केजरीवालजस्तै नेता चाहियो ।’ अझ कसै–कसैले त संविधानसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नै केजरीवालको रुपमा उदाउने विश्लेषण पनि ठोक्न

बाबुराम घोर दक्षिणपन्थी कित्तातीर :घनश्याम

इटहरी,जेठ४– नेकपा (एमाले)का केन्द्रीय सदस्य घनश्याम भुसालले एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातीर लागेको बताएका छन् । उनले जनयुद्धमा मारिएकाहरुको निसाना हुनबाट बच्न भट्टराईले दक्षिण पन्थी कित्ता रोजेको दावी समेत गरे ।
‘एमाओवादीका नेता डा बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातिर उन्मुख भएका छन्,’ नयाँ शक्ति निर्माणका निम्ति भट्टराईसँगै भुसाल पनि लागिपरेको चर्चा चलिरहेका बेला नेता भुसालले नयाँ शक्तिको नामै नलिइ  भने,‘जनयुद्धमा मारिएकाहरुको दोष आफ्नो थाप्लोमा आउनसक्ने अवस्था देखेर बाबुराम घोर दक्षिणपन्थी कित्तातिर जाँदैछन् ।’
नेता भुषालले एमाओवादीले पनि जबजलाई अङ्गीकार गर्ने निचोडमा पुगेको र अब त्यो पार्टी पनि एमालेभन्दा पृथक् रहन नसक्ने तर्क पनि गरेका छन् ।
एमालेको आगामी असारमा हुने नवौँ महाधिवेशन नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनमा रहेका दलको साझा महाधिवेशनका रुपमा हुने भुषालको दावी छ । नेता भुसालले आइतबार सुनसरी जिल्लाको इटहरीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘नेपालमा विसं २००६ देखि २०४६ सम्म चिनियाँ सांस्कृतिक क्रान्तिका रुपमा नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्यो । अहिले विश्व कम्युनिस्ट आन्दोलनको परिवर्तित परिवेशअनुसार नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा आधारित रहेर नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्ने क्रममा पुँजीवादी समाजमा प्रवेश गरेको छ ।’
नेपालमा राजनीतिक परिवर्तनका उद्देश्यले सम्पूर्ण राजनीतिक आन्दोलन समाप्त भइसकेको परिवेशमा जबजलाई परिस्कृत गर्दै समाजवादतिर अग्रसर हुनका लागि एमालेको महाधिवेशनले जबजलाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास छ । नेता भुसालले भने, ‘एकीकृत नेकपा(माओवादी)ले हेटौँडा महाधिवेशनमा पारित राजनीतिक दस्तावेजलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको खण्डमा उनीहरु पनि यही महाधिवेशनको नजिक रहन सक्छन् ।’
नेता भुसालले पार्टीभित्रका गुटाबन्दीलाई चिर्दै नयाँ ऊर्जाशील पार्टी निर्माणका लागि अघिल्लो पुस्ताका गतिशील तथा अन्तर्राष्ट्रिय ख्यातिसमेत आर्जन गरिसकेका वरिष्ठ नेता माधवकुमार नेपालले नै अध्यक्षको एक मात्र सशक्त व्यक्तित्व हुनसक्ने आफ्नो विश्लेषण सुनाए ।
- See more at: http://www.ratopati.com/2014/05/18/130299.html#sthash.MclmHR8f.dpuf
इटहरी,जेठ४– नेकपा (एमाले)का केन्द्रीय सदस्य घनश्याम भुसालले एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातीर लागेको बताएका छन् । उनले जनयुद्धमा मारिएकाहरुको निसाना हुनबाट बच्न भट्टराईले दक्षिण पन्थी कित्ता रोजेको दावी समेत गरे ।
‘एमाओवादीका नेता डा बाबुराम भट्टराई दक्षिणपन्थी कित्तातिर उन्मुख भएका छन्,’ नयाँ शक्ति निर्माणका निम्ति भट्टराईसँगै भुसाल पनि लागिपरेको चर्चा चलिरहेका बेला नेता भुसालले नयाँ शक्तिको नामै नलिइ  भने,‘जनयुद्धमा मारिएकाहरुको दोष आफ्नो थाप्लोमा आउनसक्ने अवस्था देखेर बाबुराम घोर दक्षिणपन्थी कित्तातिर जाँदैछन् ।’
नेता भुषालले एमाओवादीले पनि जबजलाई अङ्गीकार गर्ने निचोडमा पुगेको र अब त्यो पार्टी पनि एमालेभन्दा पृथक् रहन नसक्ने तर्क पनि गरेका छन् ।
एमालेको आगामी असारमा हुने नवौँ महाधिवेशन नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनमा रहेका दलको साझा महाधिवेशनका रुपमा हुने भुषालको दावी छ । नेता भुसालले आइतबार सुनसरी जिल्लाको इटहरीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘नेपालमा विसं २००६ देखि २०४६ सम्म चिनियाँ सांस्कृतिक क्रान्तिका रुपमा नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्यो । अहिले विश्व कम्युनिस्ट आन्दोलनको परिवर्तित परिवेशअनुसार नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा आधारित रहेर नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्ने क्रममा पुँजीवादी समाजमा प्रवेश गरेको छ ।’
नेपालमा राजनीतिक परिवर्तनका उद्देश्यले सम्पूर्ण राजनीतिक आन्दोलन समाप्त भइसकेको परिवेशमा जबजलाई परिस्कृत गर्दै समाजवादतिर अग्रसर हुनका लागि एमालेको महाधिवेशनले जबजलाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास छ । नेता भुसालले भने, ‘एकीकृत नेकपा(माओवादी)ले हेटौँडा महाधिवेशनमा पारित राजनीतिक दस्तावेजलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको खण्डमा उनीहरु पनि यही महाधिवेशनको नजिक रहन सक्छन् ।’
नेता भुसालले पार्टीभित्रका गुटाबन्दीलाई चिर्दै नयाँ ऊर्जाशील पार्टी निर्माणका लागि अघिल्लो पुस्ताका गतिशील तथा अन्तर्राष्ट्रिय ख्यातिसमेत आर्जन गरिसकेका वरिष्ठ नेता माधवकुमार नेपालले नै अध्यक्षको एक मात्र सशक्त व्यक्तित्व हुनसक्ने आफ्नो विश्लेषण सुनाए ।
- See more at: http://www.ratopati.com/2014/05/18/130299.html#sthash.MclmHR8f.dpuf

फेरि बन्दुक उठाउन उक्साउँदै मातृका

काठमाडौं, जेठ ४ – मधेशीलाई बन्दुक उठाउन उकास्दैछन् मातृका काठमाडौ जेठ ४ गते । नेकपा माओवादीका संयोजक मातृका यादवलाई विद्रोही, क्रान्तिकारी र प्रचण्डकै शब्दमा ‘सनकाहा’ त्यतिकै भनिदैन । त्यसको पछाडि धेरै कारण छन् । र, त्यस्तै त्यस्तै क्रियाकलापले उनी चर्चामा छन् । प्रसंग शनिवारको हो । पुरानो बानेश्वरस्थित चौरासी परिकार रेष्टुरेण्टमा मातृका पुनः बन्दुक उठाउने कुरा गरिरहेका थिए । लन्चसहित दिनभरिका लागि आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले मधेशका बुद्धिजिवी तथा युवालाई बन्दुक उठाउन सल्लाह दिए । आफ्नो अधिकारका लागि महात्मा गान्धीले पनि हतियार उठाएको स्मरण गराउँदै मातृकाले मधेशका लागि हतियार उठाउन तयार रहन मधेशी युवालाई आग्रह गरे ।
‘हामी नेपाललाई किन स्वीकार्ने ? यहाँका खस शासकहरुले मधेशलाई स्वीकार गरिरहेका छैनन् भने हामीले पनि नेपाललाई स्वीकार गर्नुपर्छ भने छैन । अबको लडाई एक मधेश एक प्रदेशका लागि होइन, छुट्टै देशका लागि हुनेछ’, मातृकाले उक्साउँदै भने । डा. रामकेवल साह अध्यक्ष रहेको ‘मधेश अधिकार लागि’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा विभिन्न पेसा तथा व्यवसायमा संलग्न बुद्धिजिवी तथा पत्रकारको उपस्थिति थियो । उनले भने, ‘मधेशका लागि एमाओवादी पार्टी बेइमान त भयो नै मधेशवादी दल झन बेइमान भयो । अब मधेशवादी दलबाट पनि विद्रोह गरेर नयाँ शक्तिको रुपमा अगाडि बढ्नुपर्छ ।’ उनले आफूले अध्यक्ष प्रचण्डलाई नेता मानेको तर मधेशसँग बेइमानी गरेका कारण छाडेर हिँडेको स्मरण गर्दै उनले भने, ‘अब समय आएको छ मधेशी नेता तथा दललाई छाडेर आफ्नै मोर्चा बनाउने ।’
संघीय समाजवादी पार्टीबाट राजिनामा दिएर निस्केका गोपाल ठाकुरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भने, ‘यो देशमा सबै सिस्टम फेल भइसकेका छन् । अब आफ्नै सिस्टम खडा गर्न नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ ।’ मधेशी जनतासँग कुनैपनि दलले राम्रो व्यवहार नगरेको, सबैको आशाको केन्द्रविन्दु माओवादी र मधेशवादी दल भएको तर उनीहरुबाट पनि बेइमानी भएको कारण अब नयाँ शक्तिको निर्माण गरी नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । सोही कार्यक्रममा संघीय समाजवादी पार्टीका असन्तुष्ट उपाध्यक्ष रिजवान अन्सारीले पनि आफ्नो पिडा पोखे । उनले भने, ‘मधेशी मुक्तिको लडाई पेचोलो हुँदै गएको छ, अबको दिनमा संघर्षलाई नयाँ ढंगबाट अगाडि बढाइएन भने यो सबैका लागि खतरा हुनसक्छ ।’
गोपाल ठाकुरको कार्यपत्रमाथि टिप्पणी गर्न उपस्थित नेकपा–माओवादीका केन्द्रीय सदस्य सुरेश आलेमगरले देशमा समान्तीहरुले शिर ठाडो पार्न थालेको र त्यो शिर झुकाउन निकै चुनौति रहेको औल्याए । यस अवस्थामा मधेशी, आदिवासी जनजाति नमिले मुक्ति सम्भव नरहेको उनको धारणा थियो । कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पसाङ्ग शेर्पा, संघीय लिम्बुवान परिषद्का महासचिव खगेन्द्र माखीले पनि आफ्नो धारणा राखेका थिए । एमाओवादीका सभासद् अशोक जयसवाल, सद्भावना पार्टीका अनिस अन्सारी, सन्तोष मेहता, दवेन्द्र यादव, फोरम गणतान्त्रिकका बीकी यादव, बलराम यादव, पत्रकार दिनेश यादव, प्रतिमा चौधरी, अमरेन्द्र यादव, सीताराम अग्रहरी, प्रध्यापक दिलीप जलान, फोरम नेपालका विनिता यादव, माओवादीका श्रवण यादव, बुद्धिजिवि जय निसान्त, विजयकान्त कर्ण, विक्रम त्रिपाठी, सुरेन्द्र महतो, गोपाल अश्क, चन्द्रनाथ थारु, बुद्धछिरिङ मोक्तान, गणेश मण्डललगायतकाले आआफनो धारणा राखेका थिए । साँझ ६ बजेसम्म लगातार चलेको कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिति थियो ।
- See more at: http://www.ratopati.com/2014/05/18/130327.html#sthash.xpJNsINo.dpuf
काठमाडौं, जेठ ४ –  नेकपा माओवादीका संयोजक मातृका यादवलाई विद्रोही, क्रान्तिकारी र प्रचण्डकै शब्दमा ‘सनकाहा’ त्यतिकै भनिदैन । त्यसको पछाडि धेरै कारण छन् । र, त्यस्तै त्यस्तै क्रियाकलापले उनी चर्चामा छन् । प्रसंग शनिवारको हो । पुरानो बानेश्वरस्थित चौरासी परिकार रेष्टुरेण्टमा मातृका पुनः बन्दुक उठाउने

Friday, November 8, 2013

जुवामा पनि दाउ लागेन ज्ञानेन्द्रलाई

तिहारमा जुवा खेल्ने चलन छ। यमपञ्चक सुरु भए लगत्तै पूर्व राजा ज्ञानेन्द्रको निर्मल निवासमा तिहारको रौनक सुरु भयो। ज्ञानेन्द्र पनि तिहारभरि प्रत्येक दिन जुवाको खालमा बसे।
उनको दाउ सधै एउटै हुन्थ्यो– चौका। तर यसपाला उनलाई पोहोर परार झैं चौका दाउ फापेन। काग तिहारको डिनर जीवन कुञ्जमा थियो। स्वर्गीय धीरेन्द्र शाहका छोरी पूजा, सिताष्मा र दिलाशाले तिहारको विशेष कार्यक्रमको आयोजना गरेका थिए। ज्ञानेन्द्र र पत्नी कोमल पनि सरिक भएका थिए राजपरिबारका अन्य नातेदार पनि।
त्यहिँ दिनबाट पूर्व राजपरिवारमा तिहारको रमाइलोको सुरु भायो। कौडा जम्यो। जीवन कुञ्ज स्रोतका अनुसार सुरु देखि नै उनलाई दाउ लागेन।
जीवन कुञ्जको कौडामा सुरुमा ५ सय र पछि १ हजार रुपैयाँ बोट राखेर खेल भएको थियो। कात्तिक १८ गते गोवर्द्वन पूजाको दिन पूर्व युवराज्ञी हिमानीले निर्मल निवासभित्रको आफनो छुट्टै निवासमा कौडाको खाल राखेकि थिइन।
संयोगले यो दिन तिथि अनुसार हिमानीको जन्मदिन पनि परेको थियो। पूजाआजा र खानपिनसँगै कौडा खेलेर हिमानीको जन्मदिन मनाइएको थियो। राजपरिबारका नातेदार र हिमानी ट्रष्टका केही सदस्यमात्र सहभागी थिए।
प्रमुख पाहुना स्वभाविक रुपले पूर्व राजारानी हुने नै भए। यहाँ पनि कौडा जमेको थियो। मध्यरातसम्म चलेको कौडामा राजा ज्ञानेन्द्रले यसअघिकै चौका दाउ नै लिएका थिए। जानकारहरुका अनुसार उनलाई फेरि चौका दाउ फापेन। १ हजार रुपैयाँ बोटमा उनले पचास हजार हारेका थिए।
भाइटीकाको दिन बहिनी शोभा शाहीको हातबाट टीका लगाएर निर्मल निवास फर्केपछि ज्ञानेन्द्र शाहले आफनै निवासमा कौडा खेलेका थिए। सबै परिबारका सदस्यहरुको र नातेदारहरुको टीकाको कार्यक्रम सकिएपछि निर्मल निवासमा कौडाको खाल बसेको थियो।
साथै खानपिनको व्यवस्था पनि राम्रै गरिएको थियो। त्यसका लागि राजा ज्ञानेन्द्रले सबैलाई उत्साहित पारेका थिए। त्यो दिन उनले पञ्जा दाउ लिए पनि नराम्ररी हारेका थिए।
विभिन्न समूह समूह बनाएर जुवा खेल्ने कार्यक्रम भएको थियो। पूर्व राजा ज्ञानेन्द्र निवासमा मध्यरातसम्म कौडा कार्यक्रम भएको थियो। राजा ज्ञानेन्द्रले चौका र पञ्जा दुबै दाउमा पैसा हारे पछि उनी बाहिर निस्कदै आराम कक्षमा बस्ने अनि आफना नाती नातिनासँग खेल्ने गर्दथे।
केहि मिनेट सुस्केरा लिएपछि फेरि कौडाको खालमा फर्कन्थे। कोमलले तिर्की, पूर्व युवराज्ञी हिमानीले पञ्जा र पूर्व अधिराजकुमारी प्रेरणाले छक्का दाउ लिएकी थिइन।
तिहार सुरु हुनु दुई दिन अगाडी वुधबार पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलका साथ छोरी प्रेरणा (ज्वाइ राजबहादुर सिंह) को निवास छाउनी पुगेका थिए।
ज्वाई राजबहादुर सिंहको जन्म दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी भएका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलले यहाँ पनि कौडा खेलेका थिए। परिणाम– उही हार ।
- See more at: http://setopati.com/samaj/5260/#sthash.X0Qhi8vm.dpuf

Monday, April 8, 2013

चुनाव हुँदैन भन्नोस् ! यो पक्का हो


मोहन वैद्य किरण, नेकपा-माओवादी अध्यक्ष
नेपालका नेताहरुको एउटा न एउटा थेगो पाइने गरेको छ । सुशील कोइरालाको ‘उ गर्ने’ शेरबहादुरको ‘भन्देखिनलाई’ रामचन्द्र पौडेलको ‘चैने’ र प्रचण्डको ‘मने’ जस्तै माओवादी अध्यक्ष मोहन वैद्यको थेगो ‘भन्नोस्’ रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र चुनावबारे उहाँको पार्टीको मनोविज्ञान बुझ्न उहाँकै निवासमा पुगेको अनलाइनखबरको टोलीसँग अध्यक्ष वैद्यले प्रष्टसँग भन्नुभयो- ‘चुनाब हुँदैन भन्नोस् ! यो पक्का कुरा हो ।’

० सरकारले र चार दलले वार्तामा बोलाइरहेका छन् । वार्तामा बसेर ‘चैत १ गतेको कदम’ सच्याउने कि पहिल्यै खारेज गरेपछिमात्रै वार्तामा बस्ने ?
अब चार दल र सरकारबाट पनि वार्ताका कुरा आए भन्नोस् । कुरा के हो भने वार्ता नै नगर्ने, वार्तामा नै नबस्ने भन्ने होइन । तर, वार्ताका लागि सरकार र चारदलको संयन्त्रवाट हामीलाई लिखितरुपमा केही आएकै छैन । पार्टीका नेताहरुसंग फोनमा कुराकानी भएको छ । एमाले अध्यक्ष झलनाथ खनालले फोन गर्नुभएको थियो । कमसेकम हाम्रो मागप्रति उहाँहरुको संकेत के हो ? उहाँहरु यसप्रति सकारात्मक हुनुहुन्छ कि हुनहुन्न ? यदि सकारात्मक हुनुहुन्छ भने वार्ता सार्थक हुन्छ । हामी वार्तामा नबस्ने कुरा आउँदैन । यदि उहाँहरु त्यो गर्नु हुन्न र उहाँहरुले जे-जे गर्नुभएको छ, त्यसमा लाहाछाप लगाउन जाने हो भने वार्ताको के औचित्य भयो र ? त्यो शर्तमा हामी वार्तामा जादैनौँ ।
 ० झलनाथजीले फोनमा के भन्नुभयो ?
झलनाथ जीले त यस्तो निर्णय भएको छ, बसौँ भन्नुभएको छ । अर्कोकुरा के हो भने उहाँहरुले निर्णय फेरि संयन्त्रमा गर्नुभएको छ । संयन्त्रको हैसियत के छ ? पार्टीहरुले बोलाए त जान्छौँ नि । पार्टीको हैसियत त छ नि । काँग्रेस, एमाले, एमाओवादी सवै पार्टीको हैसियत छ । उनीहरुले बोलाउँदा हामी वार्ता गर्न तयार छौँ । संवाद रोक्ने कुरा भएन । तर, उहाँहरुको त्यो संयन्त्रको हैसियत के हो ? हाम्रो प्रश्न के हो भने संयन्त्रको हैसियत के हो ? संवैधानिक हैसियत त छैनन नि संयन्त्रको । संविधानमा त्यसको केही व्यवस्था छैन । उहाँहरुले बडा ठान्नु भएको छ, हाम्रो संयन्त्र बनाएर हामी सरकारलाई नियन्त्रण गछौर्ं । त्यो बेकारको कुरा हो । अधिकार नै नभएका उहाँहरुलाई कहाँ अधिकार छ सरकारलाई नियन्त्रण गर्ने ? त्यस अर्थमा हामीले भनेको के हो भने संयन्त्रसंग हामी बार्तामा बस्दैनौं ।
० संयन्त्रले बोलाएको वार्तामा नजाने नै हो त तपाईहरु ?
झलनाथजीसंग टेलिफोनमा कुरा भएको छ यसबारेमा । अहिले हामी आउँदैनौ । पार्टीसँग बेग्लाबेग्लै सम्वाद गर्ने हो भने त हामी तयार छौँ । तर, यो जुन उहाँहरुले चैत १ मा निर्णय गर्नु भा’छ यसबारे अहिले वार्तामा बस्ने कुरा छैन भन्ने हो ।
० सरकारले वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ नि ?
त्यो त बाहिर आएको छैन । पार्टीहरुले त बरु फोनमा कुराकानी गरिरहेका छन् । सरकारवाट त्यो पनि भा’को छैन । सरकारले निर्णय गरे त पत्र आउनुपर्ने हो नि । अर्को कुरा के हो भने अहिले चैत १ लगायतका निर्णयहरु खारेज हुनुपर्छ । खारेज नभएपनि सकारात्मक रुपमा सोच्छौं भन्ने कुरा त हुनु पर्‍यो नि । फेरि हामी एक्लै पार्टी मात्रै नभएकाले आन्दोलनमा रहेका अरु पार्टीहरु पनि छन् । हामीले अहिले वार्तामा नजाने भन्ने निर्णय गरेका छौं ।
० सहमति भएर यही सरकारको मातहतमा निर्वाचनमा जाने सम्भावना छ कि छैन ?
अहिले छैन भन्नोस् । पहिले असारमा गर्ने भनेर ठूलो होहल्ला गरे । अब त्यो त सिद्धिइहाल्यो । ध्वस्त भइहाल्यो । त्यो त उनीहरुको वास्तविक योजना नै थिएन । अब मंसिरमा भनेका छन् तर मंसिरमा पनि हुने सम्भावना छैन । एक त यिनै पार्टीभित्रै झगडा पर्छ । केही पार्टीभित्र अहिले पनि झगडा भइरहेको छ । अर्को कुरा, पार्टीहरुको अन्तरहित उद्देश्य के छ भने मंसिरसम्म खिलराजलाई नै असफल पार्ने, त्यसपछि फेरि आाफू पनि आउने । अहिले यो षडन्त्र भइरहेको छ । थुप्रै खेलहरु छन् भित्रैबाट । त्यसैले यो सरकारले चुनाव गराउला भनेर परिकल्पना नै गर्न सकिन्न । किन भन्नुहुन्छ भने दलीय व्यवस्थामा दलहरु असफल हुने, निर्दलीय व्यवस्थामा जाने ? एउटा स्वतन्त्र ब्यक्तिले निर्वाचन गराएर फेरि यी दलहरुलाई सत्तामा पठाउने ? त्यो पनि हुन्छ कहीँ ?
० तपाईहरुले चैत १ को कदम सच्याउनुपर्छ भन्नुभएको छ । यसको अर्थ के हो ? रेग्मी सरकार हटाएर दलहरुकै नेतृत्वमा सरकार गठन गरी चुनावमा जानुपर्छ भन्न खोज्नुभएको हो ?
हो त । नसच्याई त हामी जादैनौं । जादैनौँ मात्रै होइन, चुनाव नै हुँदैन । हामी चुनावमा जान्छौ कि जादैनौँ भन्ने ठूलो कुरा भयो । चुनाबै हुँदैन भन्नोस् ! यो पक्का कुरा हो । चुनाव सम्भव छैन ।
० चुनाव त तपाईहरुले नै रोकिरहनुभएको छ नि । मतदाता नामावलीको काममा अवरोध गरेपछि निर्वाचन आयोगले कामै रोक्यो । तपाईहरुले भाग नलिए चुनाव हुँदैन भन्दै फकाउन खोज्दैछन् त सबैले ?
त्यो त उनीहरुले पनि भन्छन्, तपाईहरु चुनावमा भाग नलिए चुनाव हुँदैन । हामीले खाली एउटा चनाव असफल पार्ने भन्नेमात्रै कुरा होइन । हाम्रो त राजनीतिक छ के । यसमा राजनीति छ । यो तरिकाले चुनाव हुँदैन । हाम्रो कुरा यो हो । हामीले चुनाव असफल बनाउने भन्ने एउटा पाटो हो । अर्को कुरा के हो भने चुनाव गराएर संविधानसभा मार्फत जनताको संविधान निर्माण गर्ने भन्दा पनि यो कतिपय वैदेशिक शक्तिकेन्द्रको गुरुयोजना अन्तर्रगत भएको हो । यो देश टुक्राउने योजनामा आधारित छ । पार्टीको हातमा अब केही चिज छैन । बहुदलीय प्रतिस्पर्धा भन्ने दलहरुले नै दललाई समाप्त पारेका छन् । यो एक प्रकारको ‘कु’ हो । एक प्रकारको प्रतिगमन हो । नेपाली जनताले नै नेपालको भाग्य र भविश्यको फैसला गर्नुपर्छ भन्दै आइराख्या थियो । अब त्यो मान्यतामाथि एउटा गम्भीर आघात भयो ।
० प्रचण्डजीले नै ल्याएको प्रस्तावअनुसार देश अगाडि बढेको छ, कसरी वैदेशिक शक्ति केन्द्रलाई दोष दिन मिल्छ ?
बाहिरवाट प्रचण्डजीले फर्मूला छ भन्नुभयो । बाबुरामजीले त नथ्थी नै लगाएर आउँछन् भन्नुभएको थियो । भयो त । पहिले काँग्रेस र एमालेले विरोध गरे । अझ एमालेका अध्यक्ष झलनाथले त भन्नुभएको थियो हामीले नै नथ्थी लगाएर ल्याउँछौं । सबै देखियो नि त ।
अर्को कुरा विरोधीहरु हामी मात्रै होइनौं है । विरोधी त्यही काँग्रेस र एमालेभित्रै छन् । उहाँहरुले लेखेरै दिनुभएको छ । एमालेका नेता माधवजी नै पहिले चर्को विरोध गरिरहनुभएको थियो । पछि किन हो, उहाँले विरोध गर्दा अलिकति समस्या पर्छ कि भनेर हो कि आजभोलि चुनावको विकल्प छैन भन्न थाल्नुभयो । उहाँले पहिले खिलराजजीले प्रधानन्यायाधीवाट राजीनामा नदिई हुँदैन भन्नुभएको थियो तर अहिले त्यो पनि छैन ।
० खिलराजले प्रधानन्यायाधीशवाट राजीनामा दिँदा चुनाव हुने सम्भावना कत्तिको छ ?
अब त्यो त उहाँको कुरा भयो । राजीनामा के गर्ने हुन् त्यो खिलराज जीको कुरा भयो । तर, राजीनमा दिएको अवस्थामा पनि दलीय व्यवस्थामा दलभित्रैबाट प्रधानमन्त्री हुनुपर्‍यो नि । चुनाव गराउन नसक्ने अनि सरकारमा जान सक्ने नैतिक अधिकार कहाँबाट हुन्छ ? चुनाव हामी गराउन नसक्ने भयौं, तिमीहरुले गराइदेउ अनि हामी फेरि चुनाववाट सत्तामा आउँछौ भन्ने नैतिक अधिकार हुन्छ ? चुनाव गराउन नसक्नेले राज्य चलाउन सक्छन् ? नैतिक हैसियत नै हुँदैन । उहाँहरुले जतिसुकै कुरा गरेपनि त्यो तर्कसंगत हुँदैन ।
० सामाजिक सञ्जालमा केही मानिसहरु भन्छन्- यी वैद्य बाजेले फेरि मुलुकमा चुनाव होला, संविधान आउँला र शान्ति कायम होला भन्नेबेलामा फेरि गडबडी मच्याए, यिनलाई त देशै निकाला गर्नुपर्छ सम्म भन्छन् नि ?
मान्छेलाई शान्ति हुनुपर्‍यो भन्ने छ । १० वर्ष जनयुद्ध भयो, अब शान्ति आए हुन्यो भन्ने मानसिकता छ । त्यो हाम्रो पनि छ । कसलाई हुँदैन भन्नुस त ? यसलाई म नकारात्मक अर्थमा म लिँदैन । सीधा अर्थमा उहाँहरुको आलोचना वा विरोधलाई अन्यथा लिने कुरा भएन । तर, अब १० वर्षसम्म जनताले बगाएको रगत संविधानसभामार्फत नयाँ संविधान जारी हुनुपर्छ भन्ने कुरा त २००७ सालबाटै उठ्दै आएको कुरा हो नि । यी चार दल त साँढे भए । त्यो संविधानसभा त्यहीबेला संविधानसभामा प्रस्ताव पठाइदिएको भए त त्यहीँबाट टुंगो लाग्थ्यो नि । तीन दलहरु, शीर्ष नेताहरु बसेर विवाद समाधान उपसमिति बनाएर, त्यहाँवाट बनाउने तिनीहरुलाई अधिकार कसले दियो ? विवाद समाधान उपसमितिवाट किन कसरत गर्ने ? त्यही बेला संविधानसभामा पठाइदिएको भए मान्नेले मान्थे, नमान्नेले मान्दैनथे । संविधानसभामा निर्वाचित ६ सय १ एक जना सदस्य सबैलाई अवज्ञा गरेर खाली दुई तीनजना नेताहरुमात्रै बसेर किन कसरत गर्ने त्यहाँ ? पहिले राजाको पालमा शाही सासन भन्थ्यौं । अहिले चारदलको अधिनायकवाद लादेका छन् । चारदलको तानाशाही छ । चार दलले जे गरे पनि हुँदो रैछ । अहिले संविधानको २५ वाट धारा बाधा अड्काउ फुकाएर गाइजात्रा के गरेको ? जे गर्दा नि सही छ । राष्ट्रपतिजीलाई हामीले ठोकेरै भन्यौं । के हो यो तरिका ? जे मन लाग्यो त्यो गर्न हुन्छ ? राष्ट्रपति जी पनि सन्तुष्ट हुनुहुन्न । कुरा यसो हो । अब त्यस किसिमको कमेन्ट इत्यादिका पछाडि एक किसिमको चिन्ता निश्चित रुपमा छ । तर, उहाँहरुले पनि विस्तारै कुरा बुझनु हुन्छ ।
० आफूले नभएर चारदलले मुलुकलाई सही दिशामा लग्न दिएनन् भन्न खोज्नुभएको हो ?
निश्चित रुपमा हो । अब त चार दल पनि किनारा लागे । अब मैले संयन्त्रको कुरा गरे नि । अब हामीले त्यहाँबाट हाक्छौं भन्नुभा’को थियो । उहाँहरुले बैठक बसेर असारको पहिलो साता नै निर्वाचन हुनुपर्छ भन्ने निर्देशन दिनुभएको थियो । तर खोई कार्यान्वयन भएको ? निर्वाचन आयोगले पनि अब असारमा हुँदैन भन्न थालिसक्यो । अब सत्ता त कि राष्ट्रपति, कि अन्तरिम चुनावी सरकारको प्रमुखका हातमा छ । चार दल त अब पेन्डुलम भइसके । प्रचण्ड जीले नै भनिसक्नु भयो नि, अब हामी जनआन्दोलनमा जानुपर्छ भनेर । उहाँले नै भनिहाल्नु भयो ।
० तपाईहरुले राष्ट्रपतिसँग मात्रै वार्ता गछौँ भनेको कारण पनि अबको सत्ता चार दलसँग छैन भनेरै हो ?
हाम्रो एउटा मोर्चा बनेको छ, मोर्चामा निर्णय भएको हो । कुरा केहो भने यो कदम राष्ट्रपतिवाटै भएकाले पनि उहाँहरुवाटै सच्चिएला भनेर हो । आखिर राष्ट्रपतिले बाधा अड्काउ फुकाउने काम त गर्नुभएको हो नि । उहाँले त्यो नगरेको भए त यस्तो हँुदैनथ्यो । त्यसैले जसले गल्ती गरेको हो, उसैलाई भन्दा सच्याउन सकिएला भनेर हो ।
० चुनावमा हारिने भएर पो तपाईहरु डराउनु भएको हो कि ?
चुनावमा जाने नै भएपछि जितिएला पनि हारिएला पनि त्यो एउटा कुरा हो । हामीसंग सानो भएको अनुभव छ । सबैले हेपेको अनुभव पनि छ । सानोबाट ठूलो भएको अनुभव पनि छ । त्यसैले हामी चुनावमा जान डराएको होइन, चुनाव दलकै नेतृत्वमा हुनुपर्‍यो भन्ने हो ।

Thursday, March 21, 2013

भारतबाट फर्कने कामदारलाई सीमामा पिरलो

-दीपक ओली

धनगढी, ९ चैत । गाउँघरमा रोजगारीको अवसर नपाएपछि सुदूरपश्चिमबाट भारत जाने पुरानै चलन हो । तर, भारतबाट मजदुरी गरेर फर्किंदा धेरै नेपाली सीमावर्ती नाकामा लुटिने गरेका छन् । उनीहरूलाई भारतीयले नै पिछा गर्दै लुट्ने गरेको पाइएको छ ।

स्वाधीनताको लागि लडौं

किम इल सङ 
मेरो मुलुकलाई मुक्त नपारीकन घर फर्कदिन भन्ने दृढसङ्कल्प लिई मैले अमनोक नदी तरेर गएको हिजो जस्तो मात्रलाग्दछ, तर म अहिले ८०वर्ष पुगिसकेको छु । मेरो ८०औं जन्म दिनमा आज मलाई त्यतिका कामरेडहरु र मित्रहरुले बधाइ दिइरहनु हुँदा, मेरो मनमा उठिरहेको आवेगलाई म रोक्नै सक्दिन । 
मैले क्रान्तिको बाटो लिएदेखि नै मैले मेरा कामरेडहरु र मेरा सहदेशवासी जनताहरुबाट माया र हेरचाह पाएर बाँचेको छु । कष्टपूर्ण क्रान्तिकारी सङ्घर्षको सम्पूर्ण अवधिभरि नै क्रान्तिका मेरा कामरेडहरु र मेरा जनताहरुले मलाई हृदयदेखि माया गरेका छन् ।