पोखरा, ८ चैत ।
चार राजनीतिक दलले असंवैधानिक तवरले संविधान संशोधन गरी प्रधानन्यायधीशलाई
अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउदै संघीय
समाजवादी पार्टी विहिवार देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत
राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
चारदलको असंवैधानिक गतिवीधिका विरुद्ध संघीय समाजबादी पार्टीको जनसंघर्ष
परिचालन समितिको आव्हानमा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको
छ । यसैक्रममा कास्कीका पनि संघीय समाजवादी पार्टीका अध्यक्ष दिपक तामाङ
अगुवाईको टोलीले प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालालाई ज्ञापनपत्र
बुझाएको हो ।
ज्ञापनपत्रका अन्तरिम संविधानको धारा १४८ विपरित
असंवैधानिक तरिकाले धारा १५८ प्रयोग गरी बाधा अड्काउ फुकाउने नाममा गरिएको
२५ बुँदे संविधान संशोधन आदेश खारेज गरिनुपर्ने, जनताको सार्वभौमसत्ता
स्थापित गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाटै
जारी गर्नुपर्ने, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान
सुनिश्चित हुनुपर्ने, विगतमा संविधानसभामा रहेको समानुपातितर्फको
प्रतिनिधित्वको अनुपात कायमै रााखिनुपर्ने र नयाँ निर्वाचन अघि अनिवार्य
रुपमा निर्वाचन क्षेत्रको पुनसंरचना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले प्राप्त ज्ञापनपत्र
तत्काल राष्ट्रपति समक्ष पठाइदिने र आन्दोलनका कार्यक्रमहरु शान्तिपुर्ण
गर्न आग्रह गर्नुभयो । यसैविच असंवैधानिक कदमका विरुद्ध शुक्रवार देशैभर
चारदलका विच भएको ११ बुँदे सहमति र नेपालको अन्तरिम संविधान २०६३ को बाधा
अडकाउ फुकाउन जारी भएको आदेश जलाउने कार्यक्रम अनुसार शुक्रवार पोखराको
भिमसेनचोकमा मध्यान्ह बाह्र बजे जलाउने अध्यक्ष दिपक तामाङले जानकारी
दिनुभयो ।
आन्दोलनको कार्यक्रम अनुसार १० गते शनिवार जिल्ला
सदरमुकाममा माइकिङ, मोटरसाईकल र्याली र कालो झण्डा गाड्ने, ११ गते
केन्द्रीय कार्यलयमा विभिन्न जातीय संघ संगठनहरुसँग आन्दोलन र मागवारे
अन्तरक्रिया गर्ने र जिल्ला सदरमुकाम तथा मुख्य बजारमा नारा लेखन गर्ने, १२
गते देखि १५ गतेसम्म स्थानिय कार्यक्रमहरु र मोर्चाबन्दी गर्ने, १६ गते
जिल्ला जिल्लामा सरकार तथा गैर सरकारी कार्यालयहरुमा केन्द्रहरुद्धारा
प्रकाशित पर्चालाई खामबन्दी गरी वितरण गर्ने, १७ गते देशव्यापी रुपमा पर्चा
वितरण गर्ने, चैत १८ गते विहान ११ बजेदेखि साढे ११ बजेसम्म जिल्ला प्रसासन
घेराउ गर्ने रहेको संघीय समाजवादी पार्टी कास्कीका सचिव गिरीप्रसाद तमुले
जानकारी दिनुहुदै माग पुरा गराउन आयोजित शान्तिपुर्ण सशक्त आन्दोलनमा
सहभागीहरु आम कस्केलीलाई आग्रह गर्नुभयो ।
पोखरा, ८ चैत ।
चार राजनीतिक दलले असंवैधानिक तवरले संविधान संशोधन गरी प्रधानन्यायधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउदै संघीय समाजवादी पार्टी विहिवार देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
चारदलको असंवैधानिक गतिवीधिका विरुद्ध संघीय समाजबादी पार्टीको जनसंघर्ष परिचालन समितिको आव्हानमा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको छ । यसैक्रममा कास्कीका पनि संघीय समाजवादी पार्टीका अध्यक्ष दिपक तामाङ अगुवाईको टोलीले प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रका अन्तरिम संविधानको धारा १४८ विपरित असंवैधानिक तरिकाले धारा १५८ प्रयोग गरी बाधा अड्काउ फुकाउने नाममा गरिएको २५ बुँदे संविधान संशोधन आदेश खारेज गरिनुपर्ने, जनताको सार्वभौमसत्ता स्थापित गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाटै जारी गर्नुपर्ने, पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान सुनिश्चित हुनुपर्ने, विगतमा संविधानसभामा रहेको समानुपातितर्फको प्रतिनिधित्वको अनुपात कायमै रााखिनुपर्ने र नयाँ निर्वाचन अघि अनिवार्य रुपमा निर्वाचन क्षेत्रको पुनसंरचना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले प्राप्त ज्ञापनपत्र तत्काल राष्ट्रपति समक्ष पठाइदिने र आन्दोलनका कार्यक्रमहरु शान्तिपुर्ण गर्न आग्रह गर्नुभयो । यसैविच असंवैधानिक कदमका विरुद्ध शुक्रवार देशैभर चारदलका विच भएको ११ बुँदे सहमति र नेपालको अन्तरिम संविधान २०६३ को बाधा अडकाउ फुकाउन जारी भएको आदेश जलाउने कार्यक्रम अनुसार शुक्रवार पोखराको भिमसेनचोकमा मध्यान्ह बाह्र बजे जलाउने अध्यक्ष दिपक तामाङले जानकारी दिनुभयो ।
आन्दोलनको कार्यक्रम अनुसार १० गते शनिवार जिल्ला सदरमुकाममा माइकिङ, मोटरसाईकल र्याली र कालो झण्डा गाड्ने, ११ गते केन्द्रीय कार्यलयमा विभिन्न जातीय संघ संगठनहरुसँग आन्दोलन र मागवारे अन्तरक्रिया गर्ने र जिल्ला सदरमुकाम तथा मुख्य बजारमा नारा लेखन गर्ने, १२ गते देखि १५ गतेसम्म स्थानिय कार्यक्रमहरु र मोर्चाबन्दी गर्ने, १६ गते जिल्ला जिल्लामा सरकार तथा गैर सरकारी कार्यालयहरुमा केन्द्रहरुद्धारा प्रकाशित पर्चालाई खामबन्दी गरी वितरण गर्ने, १७ गते देशव्यापी रुपमा पर्चा वितरण गर्ने, चैत १८ गते विहान ११ बजेदेखि साढे ११ बजेसम्म जिल्ला प्रसासन घेराउ गर्ने रहेको संघीय समाजवादी पार्टी कास्कीका सचिव गिरीप्रसाद तमुले जानकारी दिनुहुदै माग पुरा गराउन आयोजित शान्तिपुर्ण सशक्त आन्दोलनमा सहभागीहरु आम कस्केलीलाई आग्रह गर्नुभयो ।


No comments:
Post a Comment