Thursday, March 21, 2013

नेकपा–माओवादी अछाम इन्चार्जलाई कारवाही



मगंगंलसैन, ९ चैत्र
नेकपा–माओवादीको अछाम जिल्ला इन्चार्ज झंकर साउँद सहितका केहि नेताहरुलाई सो पार्टीले निष्कासन गरेको जनाएको छ ।

सो पार्टीको राज्य समितिले विज्ञप्ति प्रकाशित गरि जिल्ला इन्चार्ज झंकर साउँद र सहसचिव गोबिन्द साउँदलाई पार्टीको जिम्मेवारी ठिक ढंगले नसम्हालेको भन्दै पार्टीबाट निश्काशन गरिएको जनाएको छ । पार्टीका राज्य समिति इन्चार्ज ओमप्रकाश पुन र सचिव शरदसिंह भण्डारीले संयुक्त रुपमा जारि गरेको उक्त विज्ञप्तिमा पार्टीको सातौ महाधिवेशन पछि जिल्लामा नआएको र राजनीतिक रुपमा बिचलन भइसकोले निश्काशन गरिएको उल्लेख गरिएको छ ।
सचिव साउँदले भने यस अघि नै पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ । जिल्ला इन्चार्ज सहितका केहि नेताहरुले बुधबार बिज्ञप्ति प्रकाशित गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

No comments:

Post a Comment