काठमाडौ, ८ चैत
धनुषा जिल्ला माचिझिटकैया–७ बाट नेपाली नागरिकता लिएका रामचन्द्र झा भारतको मधुवनी जिल्ला हरलाखी निवासी हुन् । सो ठाउँमा उनीहरु सन् १८८५ देखि नै वसोवास गर्दै आएका हुन् । नेपालमा सभासद् र मन्त्री बनिसक्दा पनि झाले भारतको नागरिकता अझैसम्म नत्यागेको सन् २००८ मा जारी आवासीय प्रमाण पत्रले समेत प्रमाणित गर्छ । उनको घरजग्गासमेत अझै भारतमा छ ।
रामचन्द्र झाको भारतको मधुवनीमा १९८३ को मतदाता नामावलीमा क्रमसंख्या ४७६ छ र निजको श्रीमती सुषमा देवीको नाम ४७७ मा छ । त्यसैगरी १९९२ को मतदाता नामावलीमा रामचन्द्रको ६२४ र निजको श्रीमतीको ६२५ छ । निजको छोरा रञ्जन झाको ६२६ मा र निजको छोरी बन्दना झाको क्र.सं ६२७ छ । १९९५ को मतदाता नामावलीमा क्रमसंख्या ६५१, निजको पत्नी ६५२, निजका छोरा ६५३, छोरी अर्चना झा र बन्दना झाको ६५४ छ । रामचन्द झाको घर नं. १३४ छ ।
जिल्ला मधुवनी ग्राम पञ्चायत करुणा निर्वाचन क्षेत्र नं. २ को क्रमसंख्या ३०१ मा रामचन्द्र झाको नाम रहेको छ । रामचन्द्र झाले २०४५ साल चैत्र ५ गते बंशजको आधारमा नेपाली नागारिकता लिएका छन् ।
झा अब एमाओवादीमा
भारतीय नागरिक रामचन्द्र झाले बिहिबार एमाले पार्टी परित्याग गरेका छन् र उनी चैत्र ९ गते शुक्रबार एमाओवादीमा प्रवेश गर्दैछन् । मधेशका जनप्रिय नेता रामवृक्ष यादवको हत्या योजना बनाउन र जनयुद्धकालीन समयमा कतिपय योद्धाको हत्यामा संलग्न मानिएका झालाई एमाओवादीले स्थायी समिति सदस्य दिने शर्तमा पार्टी प्रवेश गराउँदैछ । झाले भने पदाधिकारीमा दावी गरिरहेको झा निकट स्रोतले बताएको छ ।
No comments:
Post a Comment