बीरेन्द्रनगर, चैत ८ -
तीन महिनाअघि अन्तरजातीय विवाह गरेका दैलेख चामुन्डा–५ का तिलकबहादुर विक र मीना शाहीले आफूहरुलाई पाँच दिन भित्र ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।
अन्तरजातीय विवाह गरेपछि तीन महिनादेखि विस्तापित भएर सुर्खेतमा बस्दै आएको यो जोडीलाई शाहीका परिवारले जहाँ भेटाए पनि मारिदिने धम्की दिएपछि उहाँहरु तीन महिनादेखि गाउँबाट विस्थापित भएर सुर्खेतमा बस्दै आउनु भएको थियो ।
आफूहरुको सम्बन्ध थाहा पाउने वित्तिकै केटीका आफन्तले मार्ने धम्की दिएपछि २९ गते नै गाउँबाट भोगेको तिलकले बताउनुभयो ।
अहिले सुर्खेतमा बसिरहे पनि माइती पक्षले सुर्खेत र नेपालगञ्जका गुण्डा लाएर मार्ने धम्की दिएको बिकले बताउनुभयो ।
सुर्खेतका विभिन्न दलित अधिकारकर्मीहरु तथा संघसंस्थाहरुले तिलक र मीनाको सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
गाउँकै जनकल्याण निमाविका शिक्षकसमेत रहेका बिकले अन्तरजातीय विवाह गरेपछि पढाउन जान नसकेको र चामुण्डा कलेज चामुण्डामा विएड अन्तिम बर्षको अध्ययन समेत गर्न नपाएको बताउनुभयो ।
नेपाल युवा जनजागरण केन्द्र, कोडेट नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, दलित मुक्ति मोर्चालगायतले ४८ औं अन्तराष्ट्रिय जातीय भेद्भाव उन्मूलन दिवसको अवसरमा विहीबार प्रशासनमा सुरक्षाको ग्यारेण्टीसहित उनीहरुलाई घर फर्काउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

No comments:
Post a Comment