![]() |
| किम इल सङ |
मैले क्रान्तिको बाटो लिएदेखि नै मैले मेरा कामरेडहरु र मेरा सहदेशवासी जनताहरुबाट माया र हेरचाह पाएर बाँचेको छु । कष्टपूर्ण क्रान्तिकारी सङ्घर्षको सम्पूर्ण अवधिभरि नै क्रान्तिका मेरा कामरेडहरु र मेरा जनताहरुले मलाई हृदयदेखि माया गरेका छन् ।
मलाई रक्षा गरेका छन् र सम्पूर्ण मन र हृदय दिएर मलाई साहस र विश्वास दिइ उत्प्रेरित गरे । यस्ता वफादार क्रान्तिकारी कामरेडहरु र यस्ता राम्रा जनताको विश्वास र प्रेम मैले पाएको तथ्यमा मलाई निकै गौरव लाग्छ । क्रान्तिकारी उत्तरदायित्व र कामरेड भावनायुक्त प्रेमका सुन्दर भावनाहरुद्वारा ओतप्रोत भइरहेको यो महत्वपूर्ण अवसरमा म क्रान्तिको बाटोभरि मसित सुखदुखसँगसँगै भोग्नु भएका घाघडान क्रान्तिकारी कामरेडहरुलाई, व्यवहारिक सङ्घर्षमा विश्वसनीय नेताको रुपमा हुर्केका काडरहरु (कार्यकर्ताहरु)लाई र सबै पार्टी सदस्यहरुलाई र पार्टी तथा क्रान्तिप्रति अचुक रूपले बफादार सबै जनतालाई मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
मलाई रक्षा गरेका छन् र सम्पूर्ण मन र हृदय दिएर मलाई साहस र विश्वास दिइ उत्प्रेरित गरे । यस्ता वफादार क्रान्तिकारी कामरेडहरु र यस्ता राम्रा जनताको विश्वास र प्रेम मैले पाएको तथ्यमा मलाई निकै गौरव लाग्छ । क्रान्तिकारी उत्तरदायित्व र कामरेड भावनायुक्त प्रेमका सुन्दर भावनाहरुद्वारा ओतप्रोत भइरहेको यो महत्वपूर्ण अवसरमा म क्रान्तिको बाटोभरि मसित सुखदुखसँगसँगै भोग्नु भएका घाघडान क्रान्तिकारी कामरेडहरुलाई, व्यवहारिक सङ्घर्षमा विश्वसनीय नेताको रुपमा हुर्केका काडरहरु (कार्यकर्ताहरु)लाई र सबै पार्टी सदस्यहरुलाई र पार्टी तथा क्रान्तिप्रति अचुक रूपले बफादार सबै जनतालाई मेरो कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
मेरो अतीततिर फर्केर हेर्दा छोटकरीमा म के भन्न चाहन्छु भने जनताका छोराका रूपमा मेरो ८० वर्षको जीवन जनताको निम्ति समर्पण गरिएको जीवन बनेको छ ।
मैले मुलुक र मेरा सहदेशवासी जनताको लागि आफूलाई समर्पितगर्ने दृढ सङ्कल्प लिएर क्रान्तिको बाटोमा पाइला हालेको थिएँ र त्यस बेलादेखि जनताको निम्ति मेरो प्रेम नै सँधैभरि मेरो मनमा सबभन्दा माथि रहेको छ । मैले जापान विरोधी क्रान्तिका कठिन दिनहरुमा बतासमा रहेर खानु परेको, खुल्ला आकाशमुनि सुत्नु परेको एकदम निस्सहाय अवस्थामा रहनु पर्दा पनि दुःख पाइरहेको हाम्रो राष्ट्र सम्झदै मैले मेरो लड्ने जोश बलियो पार्दथे र मैले बाहिर धुनी बालेको ठाउँमा छेउमा बसी जाडो र भोक सहनु पर्दा पनि मुक्त भएपछिको मुलुकमा हाम्रा जनताले सुखसाथ जीवन बिताउने कुराको तस्बिर मनमा सम्झदै मैले साहस लिन्थे ।
व्यक्ति होइन आम जनसमुह नै इतिहासका निर्माता हुन भन्ने विश्वास लिएर मैले सँधैभरि मेरो जीवनलाई आम जनताको जीवनसित गाँसेको छु र आम जनतासित सँगसँगै एउटै सुख दुःख भोग्ने कुरालाई नै मेरो जीवनको आदर्श र विजयको साँचो ठानेको छु । मैले जनतालाई विश्वास गरी जनताको बलमा भरपरी लडे भने जरुर मेरो विजय हुनेछ भन्ने पक्का विश्वास लिएर सबै कठिनाइहरुको सामना गर्दै म लड्दै गएँ ।
हाम्रो शत्रु भयङ्कर र हाम्रो सङ्घर्ष कष्टपूर्ण थियो । साम्राज्यवादको विरुद्ध निकै लामो र कष्टपूर्ण सङ्घर्षद्वारा मुलुक मुक्त हुँदासम्पूर्ण मुलुक खुशी र आन्नदले उम्लिरहेको थियो । जनताले सार्थक सिर्जना र सुखद भविष्यको आशा लिएका थिए, तर एकदमै नचिताएझैं हाम्रो राष्ट्रको विभाजनको नयाँ दुर्भाग्य आइप¥यो र हामीले फेरि पनि साम्राज्यवादी आक्रमणकारी शक्तिहरुको विरुद्ध लड्नु प¥यो । साम्राज्यवादी आक्रमणको विरुद्ध लडिएको तीन वर्ष लामो मुक्ति युद्ध कठिन सङ्घर्ष थियो । लडाईंपछि भग्नावशेषबाट शहरहरु र गाउँहरुको पुननिर्माण गर्ने हाम्रो सङ्घर्ष र समाजवाद निर्माण गर्ने प्रयत्न पनि कठिन थियो । तर हाम्रा शत्रुहरु जतासुकैबाट आएका हुन् हामी उनीहरुसित डराएनौं । जस्तोसुकै परीक्षण र कठिनाइहरुको सामना गर्नु परे पनि हामीहरु हतोत्साहित भएनौं । हामीले हाम्रा सबै परीक्षणहरु र कठिनाइहरु हटाउन र हामीसित हाम्रो पार्टी र पार्टीको पछाडि दरोसित एकतावद्ध रहेका आम जनता भएसम्म हाम्रो निम्ति असम्भव वस्तु केही पनि छैन भन्ने दरो विश्वास लिएर लडी विजय प्राप्त गर्न समर्थ भयौं ।
हाम्रो जुछे विचारधाराले इतिहासका निर्माता आम जनताका स्वाधीनताका निम्ति इच्छा र तिनीहरुको हित प्रतिविम्बित गर्दछ । क्रान्ति र निर्माणको सम्पूर्ण दौरानमा हामी जुछे विचारधाराद्वारा निर्देशित थियौं र हामीले जुछे अडान र जुछे सिद्धान्तदरोसित पालना गरेका थियौं ।
क्रान्तिको प्रेरक शक्तिलाई सुदृढ पारेर तथा यसको भूमिकालाई बढाएर त्यस प्रेरक शक्तिको स्वाधीनताको निम्ति इच्छालाई पूरा गर्नु क्रान्ति र निर्माणको पथ प्रदर्शक सिद्धान्त हो र यो सिद्धान्त जुछे विचारधाराको साकार रुप हो । साम्राज्यवादको विरुद्ध हाम्रो सङ्घर्ष र समाजवादको निर्माण गर्ने हाम्रा प्रयत्नहरु दुवैमा हामीले हाम्रो मुख्य प्रयत्न त्यही प्रेरक शक्तिलाई सुदृढ पार्ने र त्यसको भूमिका बढाउने काममा लगाएका हौं र हामीले त्यस प्रेरक शक्तिका आवश्यकताहरु पूरा गर्न प्रकृति र समाजलाई बदल्नको निम्ति हाम्रो सबै काम अगाडि बढाएका हौं । विचारधारामा जुछे, राजनीतिमा स्वाधीनता, अर्थतन्त्रमा आत्म–यथेष्ठता र प्रतिरक्षामा आत्म निर्भरता साकार पार्ने कार्यदिशा र विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्ति समेत तीनवटा क्रान्तिलाईहरु ठूलो बल दिने र साथै जनताको शासन सत्तालाई सुदृढ गर्ने तथा यसको कार्य र भूमिका निरन्तर बढाइरहने बारेको समाजवाद निर्माणको आम कार्यदिशाले हाम्रो पार्टीको जुछे आधारित पथ प्रदर्शक सिद्धान्तलाई मूर्त रुप दिएको छ ।
हामीले निर्माण गरेको समाज त्यस्तो समाज हो जसमा पार्टी र आम जनता एकमना एकतामा गाँसिएर एक ढिक्को भएको छ र क्रान्तिको निम्ति स्वाधीन प्रेरक शक्ति बनेको छ, यो त्यस्तो समाज हो जसमा राजनीति अर्थतन्त्र र सँकृतिका सबै क्षेत्रहरुमा जुछे दरोसित स्थापना भएको छ र यस समाज सब थोकले जनताको निम्ति सेवा गर्ने जनतामा केन्द्रित समाजवादी समाज हो । साम्राज्यवादी र प्रतिक्रियावादीहरुका अटुट समाजवाद विरोधी षड्यन्त्रहरुको र एकदम गोलमालको स्थितिको बाबजुद हाम्रो समाजवादले आफ्नो श्रेष्ठता प्रदर्शित गर्दै विश्वाससाथ र स्थिर रुपले अगाडि बढिरहेको यही कारणले गर्दा हो ।
म के भन्नसक्छु भने जुछे विचारधारा भनेको जुछेको क्रान्तिकारी उद्देश्य पूरा गर्नको निम्ति हाम्रो पार्टी र हाम्रा जनताले गरिरहेका प्रयत्नमा प्राण दिने तत्व हो । भविष्यमा पनि हामीले जुछे विचारधाराको झण्डामुनी अगाडि बढिरहनु पर्दछ र जुछेका पथ प्रदर्शक सिद्धान्तहरुमा अडिग रही ती सिद्धान्तहरु निरन्तर लागु गरिरहनु पर्दछ । अनि हामीले हाम्रो हेतुको अन्तिम विजय प्राप्त गर्न समर्थ हुनेछौं ।
निकै लामो र कष्टपूर्ण संघर्षको माध्यमबाट जुछे विचारधाराको आधारमा प्राप्त गरिएको पार्टी र आम जनता बीचको एकता र सम्बद्धता हाम्रो पार्टीका गौरवपूर्ण क्रान्तिकारी परम्पराहरुको केन्द्र गुदी हो । आज पार्टीका क्रान्तिकारी परम्पराहरु अँगालेर लिई हाम्रा सबै पार्टी सदस्यहरु र सम्पूर्ण श्रमिक जनता कामरेड किम जोङ इल र पार्टीको केन्द्रीय समितिको पछाडि घनिष्ट रुपले एकतावद्ध भई क्रान्तिलाई जारी राख्ने बलियो प्रेरक शक्ति बनेका छन् । हाम्रो क्रान्तिको अन्तिम विजयको निम्ति आधारभूत ग्यारेन्टी यो हो र यसले मलाई ठूलो सन्तोष दिएको छ । मेरो ८० वर्षको जीवनको सार संक्षेप यो हो भनी म भन्न चाहन्छु । आज मलाई चिन्ता लागेको एउटा चिज के हो भने एकीकृत मुलुकमा सँगसँगै सुखपूर्वक रहने हाम्रो राष्ट्रको इच्छालाई मैले पूरा गर्न सकेको छैन । मुलुक मुक्त भएदेखि झण्डै आधा शताब्दी बितिसक्दा पनि आजसम्मै आफ्नो मुलुकलाई एकीकृत पार्न नसकीकन राष्ट्रको विभाजनको दुःख भोगिरहन परेको कुरा हाम्रा जनताको ठूलो दुभाग्य हो । मुलुकलाई एकीकरण गर्नु हाम्रो राष्ट्रको चिर आकाक्षित साझा इच्छा हो र साथै राष्ट्रप्रति मेरो आफ्नै प्रतिज्ञा पनि हो ।

No comments:
Post a Comment