Thursday, March 21, 2013

मिस तमुस्योको ताज नवलपरासीकी डोब्गालाई दिनभर भोकैं भएका कारण प्रतिस्पर्धी नै बोल्दा बोल्दै बेहोश

UPUN

पोखरा, ८ चैत ।
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीद्धारा पोखरामा आयोजित मिस तमुस्यो नेपाल २०६९ नवलपरासीकी डोब्गा तमुस्यो बन्नुभएको छ ।
विहिवार पोखरा सभागृहमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा १५ जनालाई पछि पार्दै २१ वर्षिया डोब्गाले मिस पर्सनालिटी सहित ताज कब्जा गर्नुभएको हो ।

मिस तमुस्योको उपाधि सहित डोब्गाले रवि अटोमोवाइल्सद्धारा प्रायोजित पिजिओ स्कुटकर प्राप्त गर्नुभयो । प्रमुख निर्णायक मिस नेपाल १९९७ निलिमा गुरुङले डोब्गालाई मिस तमुस्यो गर्नुभएको हो भने मिस तमुस्यो २०६८ नमिता तमुस्योले ताज, रवि अटोमोवाईल्सकी सञ्चालक टिकाकुमारी तमुस्योले स्कुटर, तमु ह्युल छोंज धिंका अध्यक्ष रेशम तमुले गिफ्ट ह्याम्पसर सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताको अन्तिम राउण्डमा सोधिएको परिवारलाई मिलाएर राख्न महिलाको कस्तो भुमिका रहन्छ भन्ने प्रश्नमा विविएस अध्ययनरत एयरहोस्टेन बन्ने लक्ष्य लिनुभएकाी डोब्गाले सफल पुरुषको पछाडि महिलाको महत्वपुर्ण हात रहन्छ, महिला दुखमा सतिसाल झै उभिन्छ र आइपरे ढालसमेत बन्ने, लालचा होइन परिवार सुखी र सफल बनाउन महिलाको महत्वपुर्ण भुमिका रहन्छ भन्ने उत्तर दिनुभएको थियो ।

गाउन राउण्डमा भने डोब्गा स्टेजमा अस्वस्थ भई केहीबेर बाहिरिनु परेको थियो । प्रतियोगितामा मिस फोटो जेनिकसहित फस्ट रनरअफ बुटवलकी २१ वर्षिया अस्मिता तमुस्यो घोषित हुदै तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीद्धारा प्रायोजित ३० हजार नगद सहित पुरस्कृत हुनभयो भने रसुवाकी १८ वर्षिया पारु तमुस्यो सकेण्ड रनरअफ बन्दै पोखरा फाइनान्सद्धारा प्रायोजित २० हजार नगद सहित पुरस्कृत हुनुभयो ।

प्रतियोगितामा पर्वतकी २० वर्षिया क्रिजा तमुस्योले बेष्ट वाक, मिस पपुलर, बेष्ट कम्प्लेक्शन र भ्युअर च्वाइस गरी चारवटा टाइटल जित्नुभयो ।
पोखराकी १९ वर्षिया ज्योति तमुस्योले बेष्ट फिगर र बेष्ट हेअर, काठमाण्डौंकी २० वर्षिया युद्ध तमुस्योले मस्ट डिसिप्लिन, कास्कीकी १७ बर्षिया दुजामाया तमुस्यो बेष्ट तमु भाषा, स्याङ्जाकी २३ वर्षिया इन्सिरी तमुस्यो मिस ट्यालेण्ट, धरानकी १९ वर्षिया बसुन्धरा तमुस्यो बेष्ट स्माइल टाइटल जितिन् ।
प्रतियोगिताको निर्णायकहरुमा पुवै मिस नेपाल निलिमा गुरुंग, झना बज्राचार्य, अनुपमा औरा गुरुंग, डा.सुनिता तमु, गिरीप्रसाद तमु, हरिमाया तमुस्यो रहनुभएको थियो ।

जक्सन ग्रुपको व्यवस्थापन र नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष रिम तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ युवा समिति र तमु विद्यार्थी छोंज धिंका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment